आजको मौसमः गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने « Khabarhub

आजको मौसमः गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसर्थ, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु रकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ३० बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी