लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै « Khabarhub

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै

तीनजना उम्मेदवार मैदानमा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ।

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार आज हुने चुनावी प्रतिष्पर्धामा छन ।

जसअनुसार सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका