समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण « Khabarhub

समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराज नगरपालिकाद्वारा समाचार संकलनमा लगाएको रोकप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ।

महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि पत्रकारले नगरपालिकाबाट अनुमति–पत्र लिनुपर्ने कार्य निन्दनीय रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। पत्रकार रामनाथ यादवलाई नगरपालिकाले उपलब्ध गराएको पत्रमा विद्यालयको समाचार संकलन गर्दा भिडियो नतान्न र सुधारात्मक समाचार मात्र सम्प्रेषण गर्न भनिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ सप्तरीले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, संवैधानिक निकाय प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न भनेको छ। उक्त बुँदामा समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषणसम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ, यसैले राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको यस किसिमको निर्णय सच्याउँदै पत्रकारलाई स्वतन्त्र तथा सहज रुपमा समाचार संकलनको वातावरण बनाउन हामी जोडदार माग गर्दछाै, महासंघका सचिव विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनिएको थियो।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : २३ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई