युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित « Khabarhub

युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इटली – डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ।

स्टुडियो एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए।

फावियो मिरेटीलाई पेनाल्टी बक्समा हान्स निकोलुसी काभिग्लियाले फउल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्ने मौका दिएका थिए, जसमा युभेन्टसका डुसान गोल गर्न चुकेनन्।

उता, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए। उनले डुसानको पासमा गोल गर्न सफल भएका थिए।

दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए। डुसानले ४७ औं मिनेटमा निकोलो फाजिओलीको पासममा गोल गर्न सफल भए।

यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ भने पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ५९ बजे

जसपाबाट सन्तुलन मिलाइ मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

ताइवानी राष्ट्रपति न्यूयोर्कमा

काठमाडौँ- ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका

मिटरब्याजीको तमसुक जलाउन लिङ्देनको चुनौती

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका