मिडिया मालिक र पत्रकारमाथिको गाली रविलाई भारी « Khabarhub

मिडिया मालिक र पत्रकारमाथिको गाली रविलाई भारी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछाने अझै चर्चामा छन् । आइतबार पत्रकार सम्मलेन गरेर रवि लामिछानेले सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको मात्रै नभई आफूले दुखाइरहेको मनको भडास पोख्दा त्यसले धेरै विवाद र बहस निम्त्याइरहेको छ ।

पत्रकार सम्मेलनमा उनले नेताहरुप्रति संयमित प्रवृत्ति देखाउँदा पत्रकार र मिडिया मालिकलाई तथानाम गाली गरेका थिए । उनले मूलधारका सबै सञ्चारमाध्यमका कमजोरी बताउँदै आफूलाई सिध्याउन लागेको भन्दै चर्को अन्तुष्टि जनाएका थिए ।

मिडियाबाटै उदाएका रवि लामिछाने अहिले मिडिया र सम्पादक पत्रकारकै आलोचना गरेर विवादित बनेका छन् । मिडियाबाट उदाएर मिडियाको साथ सहयोग पाएकै कारण अहिले नेता र ६ महिनामै गृहमन्त्री बन्न सफल भएका लामिछाने पछिल्ला केही दिन यता मिडियाको तारो बनिरहेका छन् ।

उनले एकहोरो आरोप लगाउँदै सम्पादक र प्रकाशकमाथि नै पेचिलो प्रश्न गरेपछि अहिले उनीहरु पनि रक्षात्मक रुपमा चुनौति तेस्र्याउन थालेका छन् । पत्रकारको साथ सहयोगकै कारण आजसम्म चर्चामा रहन सफल रहेका रवि लामिछाने भने मिडियामाथि गाली गर्दा झन् ओरालो लाग्ने अवस्थामा पुगेका छन् ।

कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्टका प्रकाशकदेखि केही सम्पादकहरु नै अहिले रविविरुद्ध आक्रोशित भएर प्रस्तुत भइरहेका छन् । रविले बजार हल्ला चलेकै भरमा आफूहरुमाथि गम्भीर आरोप लगाइरहेको भन्दै त्यसको छिनोफानो सञ्चारमाध्यममा चरणबद्ध समाचार सामग्री प्रकाशन गरेर गर्ने तयारीमा छन् ।

यसका लागि केही सञ्चारमाध्यमले अमेरिकामा अहिले पनि उनीविरुद्ध जारी मुद्दा र नेपालमा पनि रहेका केही विवादबारे श्रृङ्खलाबद्ध सामग्री प्रकाशन गरिरहेका छन् । यसले रविको केसमा भोलिका दिनमा झन् जटिल हुनेछ ।

रविको पार्टीमा रहेका नेताहरुलाई पनि अब मूलधारका सञ्चारमाध्यममा सहजै ठाउँ पाउन मुश्किल हुनेछ । किनकी रविले हरेक सञ्चारमाध्यमप्रति पूर्वाग्रह सोच राखिरहेका छन् । बदलाको भावनामा प्रेसित भएका रविले गर्दा स्वतन्त्र पार्टीमा रहेका राम्रा तथा सम्भावना भएका नेताहरुमा अब मिडियाप्रति आत्मविश्वासको कमी हुनेछ ।

किनकी यसअघि रविको पार्टीका सबै नेताहरुले सहजै ठाउँ पाइरहेका थिए । उनीहरु जसरी चर्चामा थिए, त्यसमा कुनै न कुनै हिसाबमा मिडियाको पनि हात थियो । तर रविले मूलधारका कुनै पनि सञ्चारमाध्यम बाँकी नराखेर गाली गर्न थालेपछि भने त्यसले उनको पार्टीभित्रका नेता तथा सांसदलाई धेरै अफ्ठेरो बनाएको छ ।

उनीहरुले सार्वजनिक रुपमा भन्न नसकेपनि त्यसले उनीहरुको मनोविज्ञानमा ठूलो असर परेको छ । अब मूलधारका मिडियाले सन्तुलित रुपमा स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई सहजै स्पेस दिनेमा शंका गर्न सकिनेछ । किनकी मिडियाले सबैभन्दा धेरै साथ दिनुपर्ने बेला रविका कारण स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई अब मिडियाले साथ नदिन सक्छ । यसले रविलाई आगामी दिनमा झन् जटिलता थपिनेछ ।

केवल सामाजिक सञ्जालको भरमा उनीहरुले चलाएको राजनीति कति दिगो र नेपाली जनताका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुरामा पनि धेरै आशंका गर्ने ठाउँ बढेका छन् । यसले पत्रकार र मूलधारका सञ्चारमाध्यमलाई रविको गाली लामो समयसम्म भारी पर्ने सम्भावना व्यापक छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १९ बजे

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो