मिडिया मालिक र पत्रकारमाथिको गाली रविलाई भारी « Khabarhub

मिडिया मालिक र पत्रकारमाथिको गाली रविलाई भारी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछाने अझै चर्चामा छन् । आइतबार पत्रकार सम्मलेन गरेर रवि लामिछानेले सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको मात्रै नभई आफूले दुखाइरहेको मनको भडास पोख्दा त्यसले धेरै विवाद र बहस निम्त्याइरहेको छ ।

पत्रकार सम्मेलनमा उनले नेताहरुप्रति संयमित प्रवृत्ति देखाउँदा पत्रकार र मिडिया मालिकलाई तथानाम गाली गरेका थिए । उनले मूलधारका सबै सञ्चारमाध्यमका कमजोरी बताउँदै आफूलाई सिध्याउन लागेको भन्दै चर्को अन्तुष्टि जनाएका थिए ।

मिडियाबाटै उदाएका रवि लामिछाने अहिले मिडिया र सम्पादक पत्रकारकै आलोचना गरेर विवादित बनेका छन् । मिडियाबाट उदाएर मिडियाको साथ सहयोग पाएकै कारण अहिले नेता र ६ महिनामै गृहमन्त्री बन्न सफल भएका लामिछाने पछिल्ला केही दिन यता मिडियाको तारो बनिरहेका छन् ।

उनले एकहोरो आरोप लगाउँदै सम्पादक र प्रकाशकमाथि नै पेचिलो प्रश्न गरेपछि अहिले उनीहरु पनि रक्षात्मक रुपमा चुनौति तेस्र्याउन थालेका छन् । पत्रकारको साथ सहयोगकै कारण आजसम्म चर्चामा रहन सफल रहेका रवि लामिछाने भने मिडियामाथि गाली गर्दा झन् ओरालो लाग्ने अवस्थामा पुगेका छन् ।

कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्टका प्रकाशकदेखि केही सम्पादकहरु नै अहिले रविविरुद्ध आक्रोशित भएर प्रस्तुत भइरहेका छन् । रविले बजार हल्ला चलेकै भरमा आफूहरुमाथि गम्भीर आरोप लगाइरहेको भन्दै त्यसको छिनोफानो सञ्चारमाध्यममा चरणबद्ध समाचार सामग्री प्रकाशन गरेर गर्ने तयारीमा छन् ।

यसका लागि केही सञ्चारमाध्यमले अमेरिकामा अहिले पनि उनीविरुद्ध जारी मुद्दा र नेपालमा पनि रहेका केही विवादबारे श्रृङ्खलाबद्ध सामग्री प्रकाशन गरिरहेका छन् । यसले रविको केसमा भोलिका दिनमा झन् जटिल हुनेछ ।

रविको पार्टीमा रहेका नेताहरुलाई पनि अब मूलधारका सञ्चारमाध्यममा सहजै ठाउँ पाउन मुश्किल हुनेछ । किनकी रविले हरेक सञ्चारमाध्यमप्रति पूर्वाग्रह सोच राखिरहेका छन् । बदलाको भावनामा प्रेसित भएका रविले गर्दा स्वतन्त्र पार्टीमा रहेका राम्रा तथा सम्भावना भएका नेताहरुमा अब मिडियाप्रति आत्मविश्वासको कमी हुनेछ ।

किनकी यसअघि रविको पार्टीका सबै नेताहरुले सहजै ठाउँ पाइरहेका थिए । उनीहरु जसरी चर्चामा थिए, त्यसमा कुनै न कुनै हिसाबमा मिडियाको पनि हात थियो । तर रविले मूलधारका कुनै पनि सञ्चारमाध्यम बाँकी नराखेर गाली गर्न थालेपछि भने त्यसले उनको पार्टीभित्रका नेता तथा सांसदलाई धेरै अफ्ठेरो बनाएको छ ।

उनीहरुले सार्वजनिक रुपमा भन्न नसकेपनि त्यसले उनीहरुको मनोविज्ञानमा ठूलो असर परेको छ । अब मूलधारका मिडियाले सन्तुलित रुपमा स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई सहजै स्पेस दिनेमा शंका गर्न सकिनेछ । किनकी मिडियाले सबैभन्दा धेरै साथ दिनुपर्ने बेला रविका कारण स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई अब मिडियाले साथ नदिन सक्छ । यसले रविलाई आगामी दिनमा झन् जटिलता थपिनेछ ।

केवल सामाजिक सञ्जालको भरमा उनीहरुले चलाएको राजनीति कति दिगो र नेपाली जनताका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुरामा पनि धेरै आशंका गर्ने ठाउँ बढेका छन् । यसले पत्रकार र मूलधारका सञ्चारमाध्यमलाई रविको गाली लामो समयसम्म भारी पर्ने सम्भावना व्यापक छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने