उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता « Khabarhub

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गरे ।

निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेपाली वस्तु निर्यातमा सघाउन आग्रह गरे । उनले ऊर्जाका क्षेत्रमा कोरियन लगानीकर्ताको चासो रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरे ।

मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नेपाल सरकारले नीतिगत सुधारका कार्य गरिरहेको जानकारी गराउँदै राजदूत सुकलाई यसमा सकारात्मक योगदानका लागि आग्रह गरे ।

राजदूत सुकले इपिएसअन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले मन्त्री भण्डारीलाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको अवगत गराए ।

कोरियन नागरिकलाई भिसा प्राप्तिमा सहजता प्रदान गरिनुपर्ने उल्लेख गर्दै उनले लगानीकर्ता र तिनको संरक्षणका लागि नेपाल सरकारको सहयोगको अपेक्षा गरे ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ०५ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री