पार्टी जनतामा जानुपर्छ : महासचिव विप्लव « Khabarhub

पार्टी जनतामा जानुपर्छ : महासचिव विप्लव


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताएका छन् ।

पार्टीको नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव चन्दले छ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागू गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ” भन्ने राजनीतिक प्रस्ताव पारित गरी निर्णय गरेको जानकारी दिए ।

राष्ट्रिय स्वाधीनता र जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा देखिएका समस्याविरुद्ध, विद्यार्थीको न्यायिक सङ्घर्षलाई साथ दिन, जनताको मौलिक अधिकारका लागि, आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीसँगको सहकार्यलाई लागू गर्न, सम्पूर्ण सहिद मुख्यतः जनयुद्ध र एकीकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदलाई यथाशीघ्र राष्ट्रिय सहिद घोषणा, किसानलाई सर्वसुलभ रूपले मल, बीउ उपलब्ध गराउनेलगायतका विषयमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा महासचिव चन्दले भने, “आर्थिक सङ्कटका कारण टाट पल्टिएका व्यवसायीलाई राहत र संरक्षण, शैक्षिक क्षेत्रका समस्याविरुद्ध सङ्घर्ष गर्नेछौँ ।” वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने उनको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ०६ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ