योजनाबद्ध रुपमा हिन्दु, किराँत र बौद्ध धर्म मास्ने काम भए, जनसंघर्ष गरौं : कमल थापा « Khabarhub

योजनाबद्ध रुपमा हिन्दु, किराँत र बौद्ध धर्म मास्ने काम भए, जनसंघर्ष गरौं : कमल थापा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएकोमा तीव्र आक्रोशसमेत पोखेका छन् ।

‘किराँत धर्म अल्पमतमा परेको छ, अब विस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य विषय होइन,’ अध्यक्ष थापाले भने । यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

‘हाम्रो कुनै धर्म प्रती वैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ती छ,’ थापाले भने ।

अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनाएरै छाड्ने थापाको दृढता थियो ।

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ , राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधव खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्याम प्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई माथि उठाउने र अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिना भित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : २१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ