मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ « Khabarhub

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन् ।

यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीय सूचना राई र अर्का ४८ वर्षीय तीर्थमाया तामाङलाई पनि पक्राउ गरिएको छ ।

अनुसन्धानपछि म्याद थप गरेर अहेव यादवलाई बलात्कार र मानव बेचबिखन तथा दुई महिलालाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खोटाङ घर भई उदयपुरको गाईघाटमा डेरा गरी बस्दै आएकी कक्षा ८ मा अध्ययनरत बालिकालाई अहेव यादवले दुई महिलाको सहयोगमा दुई साता अगाडि गाईघाटस्थित एक होटलमा बलत्कार गरेका थिए ।

बालिका बलात्कृत भएको र अन्यत्र लाने तयारीसमेत गरेको भन्ने सूचना पाएपछि प्रहरीले आइतबार तीनै जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरूमाथि लागेको आरोपबारे थप अनुसन्धानका लागि मङ्गलबार म्याद थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणछि अहिले सेफहाउसमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : २८ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।