चिनियाँ कम्पनीले समुद्र हडप्दा श्रीलंकाका ३२ सय माझीको जनजीवन प्रभावित « Khabarhub

चिनियाँ कम्पनीले समुद्र हडप्दा श्रीलंकाका ३२ सय माझीको जनजीवन प्रभावित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्पनीका कारण श्रीलंकाको मत्स्य उद्योग प्रभावित बन्दै गएको पाइएको छ । श्रीलंकाबाट प्रकाशित हुने कोलम्बो गजेटले श्रीलंकाली समुद्रबाट सिअर्चिन र समुद्री काँक्रो निर्यात गर्ने गुइ लान नामक चिनियाँ कम्पनीका कारण मत्स्य उद्योग र माछा मारेर जीवन निर्वाह गर्दै आएका माझीहरु प्रभावित भएको जनाएको हो ।

श्रीलंकाको पुनेरिनस्थित क्वथारिमुनाई क्षेत्रमा उक्त कम्पनीको गतिविधिका कारण माछा मारेर जीवन निर्वाह गर्दै आएका ३२ हजार माझीको परिवार प्रभावित भएको जनाइएको छ ।

माझीहरुले परम्परागत रुपमा माछा मार्ने ठूलो समुद्री क्षेत्रलाई उक्त कम्पनीले समुद्री काँक्रोको उत्पादनका लागि हडपेको पसाइयुर माझी महासंघका प्रमुख पी मथानले जानकारी दिए ।

यसबाहेक आफ्नो व्यवसाय सञ्चालन गर्न गुई लान कम्पनीले मुलुकको राष्ट्रिय कृषि विकास प्राधिकरणको अनुमति पनि नलिएको कोलम्बो गजेटले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३२ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले