भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा « Khabarhub

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले आज परिवारको जिम्मा लगाएको छ ।

गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।

सिरहाकै लिटिल स्टार स्कुलमा कक्षा ८ र ४ मा अध्यनरत बालबालिका स्कुल छुट्टी भएपश्चात अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको र तत्काल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी रामचन्द्र साहले जानकारी दिए ।

अनुसन्धानकै क्रममा बालबालिका भारत, बिहार राज्यको समस्तीपुरमा रहेको भन्ने बुझिएकाले तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक राजेश यादवको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा फेला पारी उद्धार गरेको सिरहा प्रहरीका निमित्त सूचना अधिकारी साहले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : ०७ बजे

भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत

थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको

स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

काठमाडौँ- अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला

जनकपुरधाम – जनविद्रोहको यात्रा पार गर्दै मधेस तत्कालीन संविधानसभाको चुनावमा