भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा « Khabarhub

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले आज परिवारको जिम्मा लगाएको छ ।

गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।

सिरहाकै लिटिल स्टार स्कुलमा कक्षा ८ र ४ मा अध्यनरत बालबालिका स्कुल छुट्टी भएपश्चात अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको र तत्काल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी रामचन्द्र साहले जानकारी दिए ।

अनुसन्धानकै क्रममा बालबालिका भारत, बिहार राज्यको समस्तीपुरमा रहेको भन्ने बुझिएकाले तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक राजेश यादवको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा फेला पारी उद्धार गरेको सिरहा प्रहरीका निमित्त सूचना अधिकारी साहले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : ०७ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र