नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर | Khabarhub Khabarhub

नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले संयुक्त राज्य अमेरिकाले नेपाललाई गरिने सहयोग प्राथमिकतामा रहेको बताएकी छिन् ।

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरिन । उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम नरहेको समेत स्पष्ट पारिन् ।

सो अवसरमा प्रशासक पावरले नेपाल भ्रमणका दौरान उनले गरेका विभिन्न उच्चस्तरीय भेटवार्ताका क्रममा भएका विषयबारे जानकारी गराएकी थिइन। उनले भ्रमणका क्रममा मङ्गलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : २० बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक