यी पाँच दलले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्न सकेनन् « Khabarhub

यी पाँच दलले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्न सकेनन्


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि पाँच राजनीतिक दलले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।

भोलि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसदमा रहेका तीनवटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् ।

यसरी खुल्न नसकेका संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसदमा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले आज ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले भोलि फागुन २५ गते बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन्।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई उठाएको छ ।

आचारसंहिताले खुल्न नपाईने :
राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागू भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागू भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

‘गत फागुन १७ गतेबाट नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु भइसकेको अवस्था छ, आचारसंहिता लागु भइसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन्,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ ।

‘आचारसंहिता लागु भएकाले प्रचार गर्न पाउँदैनन्, यसमा रोक लागिसकेको अवस्था छ ।’ उनका अनुसार अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गर्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : २६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य