महिलाको स्वास्थ्य र उपचार « Khabarhub

महिलाको स्वास्थ्य र उपचार

आज अन्तर्राष्ट्रिय महिला दिवस


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज अन्तर्राष्ट्रिय महिला दिवस। अधिकार प्राप्तिका लागि लडाइँ लडेका महिलाहरुलाई संविधानले शक्तिशाली बनाए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन। आज पनि नेपाली समाजमा महिलाहरु रोग लुकाएरै बसेको पाइन्छ। महिलाको स्वास्थ्य पुरुषको तुलनामा धेरै संवेदनशील मानिन्छ। नारी दिवसको सन्दर्भमा महिलाको प्रजनन स्वास्थ्य र यसका समस्याबारे जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँगको कुराकानीको आधारमा तयार पारिएको सामग्री :

महिनावारी
सामान्यतया एउटा महिलामा २८ दिनको फरकमा महिनावारी हुने गर्छ। महिलाको शरीर संवेदनशील हुँदा चिन्ता, तनाव लिँदा र धेरै बिरामी हुँदा पनि महिनावारी ढिलो चाँडो हुनसक्छ। महिलामा कुनै महिना दुई पटक पनि र कुनै दुई महिनामा एक पटक नहुने पनि हुनसक्छ। पाठेघरको सङ्क्रमण भएमा महिलामा कालो रगत बग्ने समस्या पनि हुनसक्छ।

पाठेघर खस्ने समस्या
सामान्यतया पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि बुझिन्छ। पाठेघरलाई यथास्थानमा राख्ने तन्तुहरू खुकुलो भएर तल झर्नु नै पाठेघर खस्नु हो। यस्तो समस्या महिलाको बच्चा जन्माउँदा उचित मात्रामा स्याहार सुसार पुगेन भने देखा पर्दछ। पहिलो बच्चा जन्माउने र बच्चाको जन्मान्तर अवधि कम हुनेगरी सुत्केरी हुने, पर्याप्त मात्रामा पोषणयुक्त खानाको कमी हुँदा, अस्पतालमा नगई घरमा बच्चा जन्माउने हुँदा पाठेघरको समस्या हुन्छ। बिना आराम काम बढी गर्ने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ।

असुरक्षित गर्भपतन
असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ। असुरक्षित गर्भपतनले तत्कालीन रूपमा नै विभिन्न प्रकारका रोगको सङ्क्रमण हुन सक्छ। जस्तो पाठेघरमा घाउ हुन सक्ने, र गत धेरै बग्न सक्ने हुनसक्छ। हर्माेनको गडबडीका कारणले महिनावारीमा तलमाथि हुनसक्छ साथै पाठेघरमा सङ्क्रमण हुन्छ। साथै अहिले महिनावारीलाई रोक्न खाइने औषधिले पनि हर्माेनल गडबडीमा धेरै असर गर्नुको साथै बाँझोपन समेत बढ्छ। असुरक्षित गर्भपतनले पछि गएर पाठेघरको मुखको क्यान्सर समेत हुनसक्छ।

पिसाब चुहिने समस्या
४० वर्षदेखि माथिका महिलामा हाँस्दा, खोक्दा वा बल परेको कामहरू गर्दा पिसाब चुहिने हुनसक्छ। यो समस्याको पनि महिलाले समयमा नै वा महिनावारी रोकिने बित्तिकै उपचार गर्याे भने महिलामा पिसाब चुहिने समस्या कम भएर जान्छ।

महिनावारी सुकिसकेपछि हुने समस्या
अहिले पनि महिनावारीको समयमा हुने समस्याको बारेमा छलफल हुन बाँकी नै छ। यो समस्या धेरै ठूलो होइन। तर महिलालाई यसले मानसिक रूपमा असर पार्छ।

समस्या समाधानका उपाय
-महिलाहरूले आफ्नो प्रजनन अङ्गलाई सधैँ सफा राख्नु पर्दछ।
-दैनिक रूपमा आफ्ना भित्री वस्त्रहरू चेन्ज गरिरहनु पर्छ।
– धुम्रपान र मादक पदार्थको सेवन गर्नु हुँदैन।
-व्यायाम गर्ने र पोषणमा ध्यान दिने गर्नुपर्छ।
-पिसाबको इन्फेक्सन हुन नदिन पर्याप्त मात्रमा पानी पिउर्ने।
-सुत्केरी अवस्थामा विशेष ख्याल गर्ने।
-मोटोपन घटाउने।
-महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउन सकिन्छ।
-महिला आफैले आफूमा कुनै स्वास्थ्य समस्या भयो भने तुरुन्त नलजाई सम्बन्धित चिकित्सकसँग सल्ला र सुझाव लिने गर्नुपर्छ। (जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीसँग खबरहबले गरेको कुराकानीमा तयार पारिएको सामग्री)

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ४० बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत