महिला शसक्तिकरणमा काम गरिरहेका छौँ : मुख्यमन्त्री अधिकारी « Khabarhub

महिला शसक्तिकरणमा काम गरिरहेका छौँ : मुख्यमन्त्री अधिकारी


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले महिला दिवसले सामाजिक न्याय र लैङ्गिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवद्र्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

“गण्डकी प्रदेश सरकारबाट लैङ्गिक समानता तथा महिला शसक्तिकरण, लैङ्गिक मूल प्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यरुपमा रुपान्तरण गर्न, नीतिगत, संस्थागत, कार्यविधिगत तथा संरचनागत पक्षलाई विशेष ध्यान दिएको छ ” उनको शुभकामना सन्देशमा उल्लेख छ ।

नीति, योजना तथा कार्यक्रममा लैङ्गिक मूल प्रवाहीकरणलगायत लैङ्गिक उत्तरदायी बजेटका माध्यमबाट लैङ्गिक समता र समानता प्रवद्र्धनका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाएका छन् ।

प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पोठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने सङ्कल्पका साथ आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : १२ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर