‘सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ’  « Khabarhub

‘सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ’ 


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएकी छन् । मन्त्री शर्माले एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताइन् । 

तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उनले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरिन् ।  

‘राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तिकरणको सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख अवस्था झल्काउँछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् । 

नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थुपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो’, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।  

महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १ : ५६ बजे

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको कार्यालयमा

गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु

झापा– यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न

ट्रम्पको चेतावनी : इरानले सम्झौता पालना नगरे फेरि कारबाही हुनेछ

वाशिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा भएको वार्तापछि इरानले सम्झौताको