ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन् । उनले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफूले पनि पहल गर्ने आश्वासन दिए । 

त्यस्तै उनले अहिले देशैभरबाट लघुवित्तीय संस्थामा भइरहेका विरोधका विषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए । विश्व लगायत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले सहकारीका नामबाट ठगी गर्ने प्रवृत्तिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए ।

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकीकरण लगायतका विषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकीय प्रणालीमा एकरूपमा कायम गर्नका लागि गोष्ठीको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : ०४ बजे

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई