आईपीएल : लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार « Khabarhub

आईपीएल : लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ।

क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनऊ सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो।

लखनऊको घरेलु मैदान एकना स्टेडियममा गएराति टस जितेर ब्याटिङ रोजेको हैदराबादले १२२ रनको लक्ष्य दिएको थियो।

लखनउले २४ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२२ रनको लक्ष्य भेट्टाएको हो। लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए ।

यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । मार्कस स्टोनीसले अविजित १० तथा निकोलस पुरनले ११ रन जोड्दै अविजित रहे। हैदराबादको लागि आदिल रसिदले दुई तथा भुवनेश्वर कुमार, फजाल्हक फारुकी र उम्रन मल्किले समान एक एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। हैदराबादका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ र वासिंगटन सुन्दरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

तीन खेलमा दोस्रो जित निकालेको लखनऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हारपछि हैदरवाद अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ३६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १००

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो