मोटरसाइकलको ठक्करबाट तीन विद्यार्थी घाइते « Khabarhub

मोटरसाइकलको ठक्करबाट तीन विद्यार्थी घाइते


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका-८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक महाकाली नगरपालिका-४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ४५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल