चलचित्रका प्रथम निर्देशक हिरा सिंह खत्री | Khabarhub Khabarhub

चलचित्रका प्रथम निर्देशक हिरा सिंह खत्री

नेपालमा पहिलो पटक वृत्तचित्र बनाउने व्यक्ति



राजनीति र सिनेमा एउटै विषय होइन। तर सिनेमामा राजनीति र राजनीतिमा सिनेमा मिसिरहेका हुन्छन्। रुसका नेता ‘लेनिन’ले सन् १९१६ मा रुसमा स्थायी भएपछि सिनेमा बनाउने उद्देश्य तीन निर्देशकलाई मातहतमा राखे। लेनिनले आफ्नो इच्छा अनुसार फिल्म बनाउनको लागि आग्रह गरे। त्यसबेला बनेको एक महत्त्वपूर्ण फिल्म थियो ‘पुडोप्किनको मदर’। यो धेरै लोकप्रिय र चर्चित भयो। विश्वका धेरै राष्ट्रलाई यो सिनेमाले प्रभाव पारेको थियो। भारतमा पनि भारतका फिल्म निर्देशक मटर इण्डिया नामक फिल्म बनाए। मदर इन्डियाबाट भारतकी बलिउडकी अभिनेत्री ‘नरकिस’लाई ‘मदर’ इन्डियाबाट चिन्न थालियो। त्यसपछि नेपालमा ‘आमा’ भन्ने फिल्म बन्यो।

राजा महेन्द्रसँग परिचित भएका हिरा सिंह खत्रीले नेपालमा आएर फिल्म बनाउन उत्साहा जनाए। स्वयम् राजाले हिरा सिंह खत्रीलाई नेपालमा फिल्म क्षेत्रमा काम गर्न आग्रह गरेका थिए। राजा महेन्द्रको निम्तो पाएका हिरा सिंह बम्बैमा साबुन र तेलको छोटा छोटा विज्ञापन फिल्म बनाउन छोडेर नेपाल आए। आधा हिन्दी आधा ‘देरादुनी’ नेपाली शैलीमा बोल्ने हिरा सिंह नेपाल आएर ४२ वर्ष पुगेका राजा महेन्द्रको शुभ–जन्मोत्सवको पक्षमा श्री ५ महेन्द्रको ४२ औँ जन्मउत्सव नामक वृत्तचित्र बनाए।

१९९७ मा प्रदर्शन भएको वृत्तचित्र ’श्री भद्रकालीनी’ ले कृपा राख्यो रे भन्दा पछि यो वृत्त चित्र बनेको इतिहास पाइन्छ। जुन नेपाली भाषामा थियो। राजाको ४२ औँ जन्मउत्सव मनाएपछि श्यामदास वैष्णवको शब्दमा शिवशंकरले ‘स्व–राष्ट्रका हे नायक’ नामक गीत गाए । राजाको व्यक्तित्व प्राप्तीका बारेमा वृत्तचित्र मार्फत जानकारी आयो। जस कारण राजा प्रभावित नहुने कुरै भएन। प्रचारप्रसारमार्फत् पहिलो कथानक चलचित्र बनाउने उद्घोष गरे। जुन फिल्मको नाम थियो ‘आमा’।

आमा फिल्मको कथा प्रचारप्रसार विभागमा काम गर्ने साहित्य सेवी दुर्गाप्रसाद श्रेष्ठले लेख्नु भयो। आफ्नो सुपरीवेक्षणमा हिरा सिंह खत्रीले यो कथा तयार पार्नुभयो। हिरा सिंह खत्री र देउजी भाइको संयुक्तमा आमा फिल्म सुरु भयो।

संगीतकारका रूपमा बम्बैइका प्रसिद्ध संगीतकार जो बम्बई छोडेर त्यहाँबाट भागेर कलकत्ता आएर बसेका थिए। भि बलसारा जसको पूरा नाम विस्ताप यडिन बलसारा हो। उनलाई संगीतकारको रूपमा चुनियो।

आमा फिल्मको लागि गीत गाएका गायक शिवशंकर मानन्धरलाई क्यामराम्यान ‘देउजी भाइ’ ले नायकका रूपमा ‘स्किृन टेस्ट’ गरेपछि शिवशंक नायक भए। आमा फिल्ममा आमाको भूमिकामा चैत्य देवी सिंहले भूमिका निभाएका छन्।

यस चलचित्रमा प्रसिद्ध चित्रकार उत्तम कर्माचार्य जो उत्तम नेपाली नामबाट चित्रकारिता जगतमा धेरै प्रसिद्ध छन्। उनले यसमा खल पात्रको भूमिका निर्वाह गरे। आमा फिल्म नेपालीको लगानी, उत्सुकता, कथामा बनेको पहिलो फिल्म थियो। यसमा त्यति बेलाको व्यवस्थाको गुणगान थियो। यसमा शिवशंकरले नै गाएको आमा शीर्षकको गीत पनि थियो। आमा फिल्म धेरै नेपालीले गाउँघरका आँगनमाा हेरेको पहिलो फिल्म हो। यो बन्दाबन्दै केही फिल्म बनाउने प्रयास भए पनि बन्न सकेनन्।

फेरि हिरा सिंह खत्रीको निर्देशनमा अर्को फिल्म ‘हिजो, आज भोलि’ बन्यो। यो फिल्ममा पनि हिरा सिंह खत्रीले आफ्नो पुरानो टिमलाई नै ल्याउनुभयो। नयाँ कलाकार पनि रहेका थिए। मित्रलाल शर्मा, हरिप्रसाद रिमाल, श्रीधर खनाल जस्ता नाम दोहोरिए। यो चलचित्र तीन चरणलाई व्याख्या गरेर बनाएको हो। जुन राणा काल, पञ्चायती व्यवस्थाको युग, भोलि अब कस्तो नेपाल आउँछ त्यस किसिमको एउटा विविधिकरण गरिएको फिल्म थियो।

यसमा नेपालीले आफ्नो भाषामा बनेको फिल्म हेर्ने पाए। दोस्रो फिल्म आउँदासम्म नेपाली फिल्म व्यवसायिक भन्दा पनि प्रोपोगान्डा शैलीका फिल्म मात्र बनिरहेका थिए। तेस्रो फिल्मको चर्चा रोचक छ। काठमाडौंमा जनार्दन शर्माले लेखेको चेतना नाटक हेरेपछि तत्कालीन राजा महेन्द्रले यसलाई फिल्म बनाउन अनुरोध गरे। त्यसपछि प्रचारप्रसार डिभिजन त्यसको लागि तम्सियो। चेतना नाटकको नाम परिवर्तन गरेर नाम नै ‘परिवर्तन’ राखियो।

यो फिल्म धेरै किसिमले रोचक फिल्म बन्न पुग्यो। विभिन्न कलाकारको अभिनय साथमा निर शाहले पनि ब्रेक पाएका हुन्। परिवर्तन कथा चेतनामा आधारित रहेको छ। चेतनालाई फिल्ममा परिवर्तन गर्दा संवाद, पटकथा चेतन कार्कीले लेखेका हुन्। फुटबल खेलाडीका रुपमा चर्चित कार्कीले आफ्ना काका पर्ने हिरासिंह खत्रीसँग स्क्रिप्ट लेख्न सिकेका हुन्।

यो फिल्ममा गायकका रूपमा ब्रेक पाएका नारायण गोपाल र मिरा राणा पनि कलकत्ता पुगे। नारायण गोपाललाई थाहा भयो यस फिल्ममा मेरो समूहको गीत मात्र रहेछ। त्यसपछि उनी गायब नै भए। खबर के आयो भने यदि यो फिल्ममा नारायण गोपालको सोलो गीत छ भने मात्र आउने कुरा भयो। त्यसपछि त्यहाँ एउटा नाटक नारायण गोपालले रचे। उनी गीत गाउँनु अगाडि होटलबाटै गायब भए।

सोले गीत भए फर्किएर आउने नत्र नेपाल गयो भन्ने बुझ्नु भनेपछि निर्देशक हिरासिंह खत्रीले भतिजा पर्ने चेतन कार्कीलाई नारायण गोपालका लागि गीत लेख्न लगाए। उनले पार्टीका गतिविधिलाई समेटेर गीत बनाउन भनेका थिए। उनले तत्काल होटलमा बसेर उनको हिन्दी गीतलाई नेपालीमा अनुवाद गरिदिए। त्यो गीत थियो ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाका’। संगीत बजेको धुन सुन्दै गएपछि होटेलको पाँच तला भन्दामाथि पानी ट्यांकीमा बसेका नारायण गोपाल विस्तारै लुङ्गी र कुर्थामा तल आएका थिए। भोलिपल्ट गीतको रेकर्डिङ भयो।

यो फिल्मको छायांकन कलकत्तामा नै भएको थियो। उनको यो गीत लोकप्रिय भयो। नेपालीले नेपाली भाषामा गीत गाउँदा कस्तो स्वाद आउँछ भन्ने कुरा नारायण गोपालले मात्र भन्न सकेको पाइन्छ। परिवर्तन फिल्मको सबै गीत नै ऐतिहासिक नै रहेका थिए। तारादेवीले गाएको गीत पनि परिवर्तन जस्तो गीतमा धेरै परिवर्तन रहेको थियो। दार्जिलिङमा अध्ययन गर्दै गरेका निर शाहले यो फिल्ममा सानो भूमिका निर्वाह गरेका थिए।

परिवर्तनमा निर शाहले पहिलो पटक अभिनय गरे। परिवर्तनमा चेतन कार्कीले पहिलो पटक गीत लेखे। परिवर्तनमा चेतन कार्कीले पहिलो पटक संवाद लेखेका थिए। परिवर्तनमा नारायण गोपालले पहिलो पटक प्ले ब्याक गीत तथा लोकगीत गाएका हुन्। धेरै किसिमले ऐतिहासिक मानिने परिवर्तन फिल्मको निर्देशन पश्चात हिरा सिंह खत्रीको चौंथो फिल्म नेपालमा बन्न सकेन।

साहित्यकार धच गोतामे’ले लेखेको संस्मरण अनुसार ‘दरबारको कान कमजोर हुन्छ।’ दरबारमा अनेक किसिमका कुरा सुनाएपछि हिरा सिंहको दरबारसँग दूरी बढ्यो। हिरासिंह बम्बई पलाएन भए। त्यसको १५/१६ वर्षपछि बम्बईको गुमनाम सहरमा उनको निधन भयो। हिरा सिंह जस्तो नेपाली चलचित्रको पहिलो निर्देशक नेपालमा पहिलो वृत्त चित्र बनाउने व्यक्तिको निधनको खबर ६ महिनापछि मात्र थाहा भयो।

चेतन कार्कीले हिरा सिंहको नाममा हिरा सिंह स्मृति पुरस्कार स्थापना गरेका छन्। हिरा सिंहको बारेमा अझ पनि सोधखोज हुनु जरुरी छ। उनका फिल्मबाट धेरै कलाकारले स्थान पाएका छन्। नेपाली चलचित्र क्षेत्रमा आफ्नोपनको भावना दिएका थिए। यस कारण हिरासिंह सदैव स्मरणीय पात्र हुन्। हाम्रो उनीप्रति हार्दिक श्रद्धाञ्जली। (नेपाली चलचित्रका पहिला निर्देशक पटकथा लेखक सम्पादक हिरा सिंह खत्रीका बारेमा प्रकास सायमीले राखेको धारणा)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : १७ बजे

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा

सुर्खेतको इतिवृत–२’ विमोचित

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको