सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि गाडीको ठक्करबाट पैदलयात्री म्याग्दी रघुगंगा गाउँपालिका-४ घर भएका ३५ वर्षीय गोपाल गर्बुजाको मंगलबार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

सिराहा, भगवानपुर गाउँपालिका-२ नरहा चोकस्थित सडकमा प्रदेश २-०१-००१ त २०२१ नम्बर ट्याक्टरले किचेर सोही ट्याक्टरमा काम गर्ने भगवानपुर गाउँपालिका-१ भगवानपुर बस्ने २५ वर्षीय शम्भु पासवानको मंगलबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३८ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको