सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि गाडीको ठक्करबाट पैदलयात्री म्याग्दी रघुगंगा गाउँपालिका-४ घर भएका ३५ वर्षीय गोपाल गर्बुजाको मंगलबार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

सिराहा, भगवानपुर गाउँपालिका-२ नरहा चोकस्थित सडकमा प्रदेश २-०१-००१ त २०२१ नम्बर ट्याक्टरले किचेर सोही ट्याक्टरमा काम गर्ने भगवानपुर गाउँपालिका-१ भगवानपुर बस्ने २५ वर्षीय शम्भु पासवानको मंगलबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३८ बजे

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको