पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर « Khabarhub

पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । 

घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुगे। उनले भने, ‘बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौँ ।’ 

तुलसीपुर-१७ की अनिता शर्मा पनि पहिलो पटक बङ्गलाचुली घुम्न आए। उनले भने, ‘यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ ।’ भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउँछन्।  

बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्फत आर्थिक वर्ष २०७६-७७ मा  ५० लाख र आव २०७७-७८ मा  २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ । 

बङ्गलाचुली उद्यान र भ्युटावरलाई  व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । ‘सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्’, उनले भने। 

स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउँछन्। बङ्गलाचुली लेकबाट  कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ । 

दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ५२ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन