भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा | Khabarhub Khabarhub

भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । राष्ट्रपति मुर्मू अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् ।

शुक्रबार राष्ट्रपति मुर्मू राज्यको राजधानी गुवाहाटीमा उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी छिन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।

सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरिन् ।

असमका मुख्यमन्त्री हिमन्त विश्वा सरमा र राज्यका गभर्नर गुलाबचन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : ०९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास