एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगियो « Khabarhub

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगियो


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ ।

अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार उक्त हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।

हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । ह्याम्स अस्पतालका एक कर्मचारीले छतमा हेलिकप्टर अवतरणका क्रममा केही प्राविधिक समस्या देखिएको जानकारी पाएको बताए ।

“हामीले हेलिकप्टरमा समस्या आएको भन्ने जानकारी पाएका हौँ, हेलिकप्टर कम्पनीका अधिकारी अस्पताल आउनुभएको छ ।” उनले भने ।

उक्त हेलिकप्टर चिकित्सकसहितको टोलीसहित बिरामी लिनका लागि चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल उडेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : ५७ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा

बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु

एजेन्सी – मध्यकम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी