अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने « Khabarhub

अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबबाटै पुन: श्रम स्वीकृति सुरु गरिने भएको छ। रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको हो ।

दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको कागज भएकाले सो भिसाको प्रतिलिपि, बिदा समाप्त हुने अवधि खुलेको कागजात, रि इन्ट्री भिसा नभएकाले इकामाको म्याद खुलेको निस्सा वा एव्सोरबाट ईकामाको म्याद देखिने गरी स्कृनसट गरिएको फोटो अपलोड गर्न आग्रह गरेको छ ।

यसैगरी यस अगाडि श्रम स्वीकृति लिँदाको र हाल कार्यरत रहेको कम्पनी फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्र र सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्रको निस्सा अपलोड गर्नुपर्नेछ ।

घरेलु कामदारको रुपमा कार्यरत व्यक्तिले माथि भनिएका कागजातका अलावा कफिलको परिचयपत्र अर्थात कफिलको आइडी, तलव, भत्ता लगायतका अन्य सेवासुविधा खुलेको करार सम्झौता तथा स्वघोषणा फारम भरेर बुझाउनु पर्ने दूतावासले जनाएको छ । 

यसअघि कतारस्थित नेपाली दूतावासले पनि दूतावासबाट नै पुन: श्रम स्वीकृति दिन सुरु गरिसकेको छ। नेपाल सरकारको निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : ४९ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा