चिसो पानीले नुहाउँनुका फाइदा « Khabarhub

चिसो पानीले नुहाउँनुका फाइदा

चिसो पानीले नुहाउँदा तनाव कम हुन्छ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अब विस्तारै गर्मी मौसम सुरु भएको छ। प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मनपर्छ। सधैँ बिहान उठेर चिसो पानीले नुहाउने बानीले तनाव र चिन्ता कम गर्न मदत गर्छ। चिसो पानीले नुहाउँदा शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्छ। साथै चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउने चिकित्सकको भनाइ। चिसो पानीले नुहाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुनुका साथै तनाव कम हुने, उत्साह र जागरूकतामा वृद्धि हुने हुन्छ। शरीरको बोसो कम गर्न र मांसपेशीलाई मर्मत गर्नसमेत चिसोपानीले नुहाउँदा लाभ मिल्छ।

चिसो पानीले नुहाउँदाका फाइदा
चिसो पानीले नुहाउँदाका फाइदाबारे केही विषय माथि नै उठान गरिएको छ। यसका फाइदालाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।

तनाव कम हुन्छ
चिसो पानीले नुहाउँदा चिन्ता र तनावको समस्या कम गराउँछ। चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा भएका हानिकारक रसायन वा हर्मोन शरीरबाट सहजै बाहिर निस्कन्छन् र हामीमा भएको तनाव कम महसुस हुन्छ।

शरीरमा थप ऊर्जा दिन्छ
चिसो पानीले नुहाउँदा शरीरमा ऊर्जा बढी भएको महसुस भएर नयाँ जोस र जाँगरको विकास हुन्छ।

व्यायाम पछिको दुखाइबाट लाभ
दैनिक व्यायाम पछिको दुखाईबाट लाभ हुने महत्वपूर्ण उपाय चिसो पानीले नुहाउनु हो। यसले दुखाई भएको बेला शितलता प्रदान गर्दछ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ
चिसोपानीले नुहाउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। अथवा शरीरमा रोगसँग लड्नसक्ने क्षमता प्रदान गर्छ।

चोटपटकमा बस्ने व्याक्टेरिया हटाउन मद्दत गर्छ

चिसो पानीले नुहाउँदा शरीरमा रहेको युरिक एसिडलाई चलायमान बनाइ चोटपटक लागे र रहेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ।

प्रजनन क्षमता बढ्छ
चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बढ्छ। साथै शरीर स्वस्थ र फुर्तिलो देखिनसमेत मद्दत गर्छ।

रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ
चिसोपानीले नुहाउँदा शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ। साथै चिसो पानीले नुहाउँदा शरीरमा आनन्द प्रदान गर्छ।

पाचन प्रक्रियालाई मजबुद बनाउँछ
चिसो पानीले नुहाउँदा शरीरमा आफैँ तापको मात्रामा वृद्धि भएर पाचन प्रक्रियालाई मजबुद बनाउनमा मद्दत गर्छ।

थकान कम हुन्छ
कोही मान्छेलाई व्यस्तताका कारणले थकान महसुस हुँदा चिसोपानीले नुहाउँदा थकान कम भएर शरीर स्फूर्त हुन्छ।

शितलता प्रदान गर्छ
यो मौसम गर्मीको मौसम हो। त्यसकारण अहिले चिसो पानीले नुहाउँदा शरीरमा अधिक मात्रामा शीतलता प्रदान हुन्छ। साथै पसिनाको दुर्गन्धबाट टाढा राख्छ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ०५ बजे

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी