यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’? « Khabarhub

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन् । उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ । 

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् । अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ । सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरूको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ । द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन् । 

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन् । जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ । एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य । ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौँसम्म ल्याउँछ । ज्याकीझैँ रुबी (जसिता गुरुङ) को पनि सपना नृत्य नै हो । उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन । काठमाडौँमा यी दुईको भेट हुन्छ । एउटै गन्तव्य भएकाले सहकार्य गर्छन् । यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकी : आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ ।

हिपहप डान्सलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । संगीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ।  नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढंगमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेका छैनन् । प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन् । चलचित्रको संगीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ । 

आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन । निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो । नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन् । 

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ । एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन । त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ । किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ । 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : ३७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल