स्टिभ जब्सको संक्षिप्त बालजीवनी प्रकाशित « Khabarhub

स्टिभ जब्सको संक्षिप्त बालजीवनी प्रकाशित


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनीलाई कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन् । भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस शाहिन्यानका चित्र समावेश गरिएको छ ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक  ‘स्टे हंगरी स्टे फुलिस’ छ । यसका मूल लेखक न्यून टोरोस्यान हुन् ।

‘भोको रहू, मूर्ख रहू’ भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवर्द्धक नारा हो । भोको मानिस जसरी भोक मेटाउन निकै खटेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ, त्यसरी नै मानिसहरू नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहून् भन्ने सन्देश जब्सले प्रवाह गरेका छन् । उनी युवा वर्गलाई आफ्नो अन्तरमनले चाहेको कुरा हासिल गर्न लगनशील भएर प्रयत्न जारी राख्नुपर्छ भन्छन् ।

‘एप्पल’ कम्पनीका सहसंस्थापन जब्स आइफोनका जन्मदाता हुन् । अहिलेको प्रविधिको युगमा उनी महत्वपूर्ण आविष्कारक मानिन्छन् । उनको जन्म र हुर्काइ भने सामान्य अवस्थामा भएन । अविवाहित युवतीबाट जन्मिएका जब्सलाई अरू नै धर्ममाता÷पिताले स्विकारेर हुर्काएका हुन् । 

१० वर्षमै इलेक्ट्रोनिक्समा उनको रुचि बसिसकेको थियो । पछि कलेजमा पढाइप्रति उनको मन गएन । त्यसपछि उनले कस्ता हन्डर खाए, त्यसले उनलाई कतातिर डो¥यायो रु पुस्तकले सविस्तार वर्णन गरेको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ५० बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट