स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ « Khabarhub

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन् गर्न मन्त्रालयले जारी गरेको उक्त परिपत्रमा भनिएको छ ।

आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी विदेश भ्रमणमा गए या पठाइएमा त्यस्ता अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनी पनि सो परिपत्रमा दिइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : २० बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन