नक्कली शरणार्थी काण्डलाई गम्भीर रुपमा छानबिन गरिनुपर्ने सांसदहरुको माग « Khabarhub

नक्कली शरणार्थी काण्डलाई गम्भीर रुपमा छानबिन गरिनुपर्ने सांसदहरुको माग


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भने, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रुपमा छानबिन आवश्यक रहेको बताए । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उनले भने ।

आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाएका थिए । बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उनले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ०५ बजे

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१