पुँजीबजारमा दोहोरो अङ्कको गिरावट | Khabarhub Khabarhub

पुँजीबजारमा दोहोरो अङ्कको गिरावट


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ ।

बैंकिङ समूह छ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी लगानी समूह शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह आठ दशमलव ७७ अङ्कले घटेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : ०८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता