पुँजीबजारमा दोहोरो अङ्कको गिरावट « Khabarhub

पुँजीबजारमा दोहोरो अङ्कको गिरावट


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ ।

बैंकिङ समूह छ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी लगानी समूह शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह आठ दशमलव ७७ अङ्कले घटेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : ०८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण