नक्कली शरणार्थी प्रकरणमा एमालेविरुद्ध प्रहार भयो : अध्यक्ष ओली « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा एमालेविरुद्ध प्रहार भयो : अध्यक्ष ओली


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दाबी गर्दै प्रधानमन्त्रीले स्टन्ट नभइ निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकावला हुने चेतावनी दिए । ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दाबी गरे ।

उनले प्रधानमन्त्रीले नै आफूलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफूहरु पुरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ०१ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स