चिनियाँ राजदूतले गरे गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट « Khabarhub

चिनियाँ राजदूतले गरे गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरूको श्रेष्ठले धन्यवाद दिँदै छिटै हस्तान्तरण गर्ने व्यवस्था मिलाइने बताए । पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उनले उल्लेख गरे ।

दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका वासिन्दाहरूको दैनिक जिवन सहज बनाएको भन्दै मन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गरे। बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उनको आग्रह छ ।

जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाए। सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने मन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइ छ ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ ।

नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : ५२ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६