नयाँ प्रतिजासुसी कानूनबारे स्पष्ट पार्न चीनलाई अमेरिकी राजदूतको आग्रह « Khabarhub

नयाँ प्रतिजासुसी कानूनबारे स्पष्ट पार्न चीनलाई अमेरिकी राजदूतको आग्रह


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चीनलाई नयाँ संशोधित प्रतिजासुसी कानूनबारे अझ स्पष्ट पार्न आग्रह गरेका छन् ।

संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूका केही सामान्य कामलाई समेत अवैध तुल्याउनसक्ने बर्न्सको बुझाइ रहेको एशिया टाइम्सले उल्लेख गरेको छ ।

नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको प्रतिजासुसी कानूनलाई बलियो बनाउन थप संशोधन पारित गरेको थियो । संशोधित कानून जुलाई १ देखि लागू हुने जनाइएको छ ।

द स्टिमसन सेन्टरद्वारा आयोजित वेबिनारको क्रममा राजदूत बर्न्सले वाशिङ्गटनमा रहेको थिंक ट्याङ्कसँग भनेका छन्, ‘यो एउटा कानून हो जसले सम्भावित रूपमा चीनमा व्यवसायीहरूको गतिविधिहरूलाई अवैध बनाउन सक्छ । हामीले यस बारे थप जान्न आवश्यक छ त्यसैले हामी यहाँ बेइजिङमा प्रश्नहरू सोधिरहेका छौं ।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : १४ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६