नयाँ प्रतिजासुसी कानूनबारे स्पष्ट पार्न चीनलाई अमेरिकी राजदूतको आग्रह « Khabarhub

नयाँ प्रतिजासुसी कानूनबारे स्पष्ट पार्न चीनलाई अमेरिकी राजदूतको आग्रह


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चीनलाई नयाँ संशोधित प्रतिजासुसी कानूनबारे अझ स्पष्ट पार्न आग्रह गरेका छन् ।

संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूका केही सामान्य कामलाई समेत अवैध तुल्याउनसक्ने बर्न्सको बुझाइ रहेको एशिया टाइम्सले उल्लेख गरेको छ ।

नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको प्रतिजासुसी कानूनलाई बलियो बनाउन थप संशोधन पारित गरेको थियो । संशोधित कानून जुलाई १ देखि लागू हुने जनाइएको छ ।

द स्टिमसन सेन्टरद्वारा आयोजित वेबिनारको क्रममा राजदूत बर्न्सले वाशिङ्गटनमा रहेको थिंक ट्याङ्कसँग भनेका छन्, ‘यो एउटा कानून हो जसले सम्भावित रूपमा चीनमा व्यवसायीहरूको गतिविधिहरूलाई अवैध बनाउन सक्छ । हामीले यस बारे थप जान्न आवश्यक छ त्यसैले हामी यहाँ बेइजिङमा प्रश्नहरू सोधिरहेका छौं ।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : १४ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट