एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : ओली « Khabarhub

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : ओली


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट  पारेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताए ।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भने, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताए ।

अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न  गरे ।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उनले भने। अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ३९ बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली