एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : ओली « Khabarhub

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : ओली


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट  पारेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताए ।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भने, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताए ।

अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न  गरे ।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उनले भने। अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ३९ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको