मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा « Khabarhub

मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ ।

पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, “लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।”

अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पीएसजीको घरेलु मैदानमा ३–१ को हार बेहोरेका मेसी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।

मेसीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए । मेसीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पीएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

सन् २०२१ मा फ्रि एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेस्सीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ४८ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै