मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा « Khabarhub

मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ ।

पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, “लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।”

अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पीएसजीको घरेलु मैदानमा ३–१ को हार बेहोरेका मेसी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।

मेसीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए । मेसीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पीएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

सन् २०२१ मा फ्रि एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेस्सीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ४८ बजे

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई

एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो

काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका