डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल « Khabarhub

डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा) पश्चिम तराईसम्म फैलिएको छ। लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ। महाशाखाले निकालेको बुलेटिनमा तातो हावा तथा लुबाट बच्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिइएको छ । निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन भनेको छ।

बुलेटिनमा तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिने उल्लेख गरिएको छ । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ। अहिले तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ। तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ।

पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : १२ बजे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको