डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल | Khabarhub Khabarhub

डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा) पश्चिम तराईसम्म फैलिएको छ। लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ। महाशाखाले निकालेको बुलेटिनमा तातो हावा तथा लुबाट बच्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिइएको छ । निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन भनेको छ।

बुलेटिनमा तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिने उल्लेख गरिएको छ । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ। अहिले तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ। तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ।

पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : १२ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी