युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै | Khabarhub Khabarhub

युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मस्को – दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

उक्त बाँध भत्किँदा डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन्। साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ।

बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग जलमग्न भएको छ। ‘आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ।’, एक  अधिकारीहरूले भने। धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन्।

बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन्। यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ। जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन्।

तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन्। बुधबार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ।

उनले युक्रेनमा बम विस्फोट गर्न यी देशले सहमति दिएको बताए। दुवै देशले एक अर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : ५३ बजे

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं- सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

पेरिस– पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७