समाचार

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

By खबरहब

June 08, 2023

काठमाडौँ– सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ । 

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी कार्यालय अन्तर्गत सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ । 

वर्षायामको समयमा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले स्पष्ट पारेको छ ।

सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिइएको छ ।