ठेक्का अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार « Khabarhub

ठेक्का अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार गरेको ।

 गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्राचार गरिएको हो ।

शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनी सहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालोपत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्बन्धित दलका शीर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । 

महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सनरसिद्धीशाही जेभीले लिएको छ । शाही सिद्धिसाहीका मालिक हुन् । यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालोपत्रेको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले लिएको छ । मैनाचुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।

झापा निवारी अधिकारी एमाले नेता हुन् । ‘ठेक्का लिने अनि राजनीतिक शक्ति केन्द्रको आडमा वर्षौँसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,’ मेयर भट्टराईले भने, ‘प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।’

नगरपालिकाले १५ दिनभित्र सम्बन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : १९ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल