बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

जानकी– माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छन् । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा  निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुवैको माया उत्तिकै गर्दै आएकी छन् ।

  चार दशक पार गरिसकेकी मिनुलाई  हात्तीमाथि बसेर  परिचालन गर्न  झण्डै एक वर्ष हात्तीसँगै बस्नुपर्‍यो । काठमाडौँमा ज्याला मजदुरी गरेर आजित बनेकी उनी आफ्नै गाउँमा हात्ती सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै फर्किएर माहुतेका लागि फारम भरेर नामसमेत निकाल्न सफल भएकी थिइन् ।

प्रत्येक दिन घरबाट जङ्गल र जंगलबाट घर गर्दा सधैँ हात्ती नै साथी भएको बताउँदै मीनुले अब सकुन्जेल हात्तीकै सेवा गर्ने र हात्तीसँगै जंगल सफारी गर्ने बताइन् । ‘मलाई मेरो छोरा र हात्तीमा एउटै जस्तो लाग्छ तर  फरक  छोराहरु बोल्छन् हात्ती बोल्दैन । मेरा लागि दुबै उस्तै हुन् ।’ उनले भनिन्,’विगत साढे पाँच वर्षदेखि हात्ती मेरो साथी भएको छ ।’ हात्ती सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म गरेकी मीनुले अहिले माहुते बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दङ्ग परेको बताइन् । ‘मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन  तर निस्कियो । कहिलेकाहीँ पहिलाका दिनलाई सम्झन्छु । अनि आफै दङ्ग पर्छुु ।’ एकल महिला उनको श्रीमान् आजभन्दा आठ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार जानु भएकामा त्यही छतबाट खसेर मृत्यु भएको  थियो । 

आफ्ना दुई छोरालाई सामान्य जीवनयापन गर्नसमेत गाह्रो भएका बेलामा मीनुलाई माइती र घर दुबै पक्षबाट साथ र सहयोग नपाएपछि ज्याला मजदुरी गररै भए पनि छोरा पाल्नका लागि काठमाडौँ आएर झण्डै डेढवर्षसम्म काम घर बनाउने काम गरिन्। स्थायी कर्मचारी उनले  सुरुमा रू १५ हजारबाट हात्तीको सेवा गर्दै आइरहेकोमा अहिले मासिक रु २५ हजार पाउँछिन् । बिहान ५ बजे उठेर जंगल जाने र बेलुका ५-६ बजे जङ्गलबाट फर्कने त मीनुको दिनचर्या नै  बनिसकेको छ । 

सामान्य लेखपढ भएकी उनले हात्तीलाई भने आफ्नै भाषामा धेरै कुरा पढाइसकेकी छन् । मिनुले  भनिन्, ‘मेरो हात्तीले मैले जे भन्यो त्यही मान्छ । मेरो भाषा बुझ्छ । जब यसले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुसी लाग्छ ।’ मीनुले सौराज गज नामक भाले हात्तीमामाथि बसेर जंगल सफारी गराउँदै आएकी छन् ।

मीनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती हाँक्ने महिलाको रुपमा चिनिनुहुन्छ रीताकुमारी सुवेदी पनि । उनले पनि हात्तीलाई आफ्नो भाषा सिकाउँदै आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको छ वर्ष भैसकेको छ । तीन दशक पार गरेकी रीताले पनि परीक्षा दिएरै माहुते बनेकी हुन् ।

प्लस टुसम्म पढेकी उनले  माहुते बन्न कम्तीमा पनि छ महिना हात्तीको सेवा गर्नुपरेको बताइन्। रिताले  भनिन् ,’हात्तीको सेवा गर्दै गर्दा उस्ले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उस्को आवश्यकता । हात्तीमाथि बस्न मलाई कम्तीमा पनि छ महिना लाग्यो ।’

बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ती सफारिका लागि पर्यटक नआए पनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तीमा बसालेर जङ्गल सफारी गराउने गरेको रीताले बताइन् । 

बिहानै उठेदेखि बेलुका नहुुँदासम्म पनि जङ्गलमै दिन बित्दा कहिलेकाहीँ दिक्क लाग्ने रीताले बताइन् । ‘कहीलेकाहीँ त दिक्क लागेर आउँछ । जागिर छोडिदिउँ कि जस्तो पनि लाग्छ । तर फेरि यो आर्थिक मन्दीमा अरुले जागिर नपाएर भौँतारिएको देख्दा जस्तो भए पनि सरकारी जागिर छ भन्ने सम्झन्छु  र मन बुझाउँछु ।’  बच्चा सानो हुँदा श्रीमान्लगायत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरे पनि रीताले घर र जङ्गल दुबै सम्हाल्न सक्ने अठोट गर्दै माहुते बनिरहिन् । अहिले आफू हात्ती हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उनले बताइन् । 

आजभन्दा दुई वर्ष पहिला माहुते आफूलाई ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर घाइते बनाएको घटना उनले सुनाइन् । अहिले उनी शान्तिकली नाम गरेको हात्तीको माहुते हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ती हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जङ्गल सफारी गर्न आउने पर्यटकले भने महिला माहुते भएको हात्तीमा सफारी गर्न अलि आनाकानी गर्ने गरेको बताए। ‘जङ्गल सफारीमा आउने पर्यटकले महिला माहुतेभन्दा पुरुष माहुतेलाई रोज्ने गरेको पाइन्छ ।’ उनले भने ‘सायद शारीरिक रुपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र जंगलमा भइपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुनसक्छ । तर हामीले पर्यटकलाई सम्झाउने गरेका छौँ ।’

अधिकृत साहले माहुते हुनका लागि पहिला शारीरिक परीक्षा पास गर्नुपर्ने प्रावधान अनुसार महिला माहुतेले पनि रुख चढ्ने, दौडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिए। 

उनका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरूप नै माहुते छनोट गरिन्छ । महिला माहुतले पनि ती सबै तहका परीक्षा पास गरेको हुनाले पर्यटकलाई महिला माहुतेप्रति लिङ्गका आधारमा भेद्भाव नगर्न आग्रह गरिन्छ  । 

प्रमुख संरक्षण अधिकृत साहले महिला माहुतेलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताए। उनले भने, ‘महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतेलाई आरामका लागि बिदा दिने गरेको छ ।’ उक्त समयमा पुरुष माहुतेले महिला माहुतेले हाँक्ने हात्तीको हेरचाहा गर्ने गर्दछन् । 

निकुञ्जमा  सफारीका लागि छ वटा हात्तीमध्ये भेले हात्ती दुई र पोथी हात्ती चारवटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिए। उक्त निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन् । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १ : २८ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक