राप्रपा नागरिकता विधेयकको विपक्षमा छ भन्ने प्रचार भयो : अध्यक्ष लिङ्देन « Khabarhub

राप्रपा नागरिकता विधेयकको विपक्षमा छ भन्ने प्रचार भयो : अध्यक्ष लिङ्देन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नागरिकता विधेयकको विरोधमा रहेको प्रचार भएको भन्दै त्यो आफूहरूको विरोध प्रक्रिया मात्रै रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा कुनै दुबिधा र फरक मत नभएपनि जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरूलाई छानविन र कारबाही हुनुपर्छ भन्नेमा दृढ रहेको बताए । 

लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने जिकिर गरे । उनले करको दायरा बढाउने क्रममा अन्धाधुन्ध निर्णय गरेको र यसले दुष्प्रभाव पर्न सक्ने बताए ।

उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न  गर्नुपर्ने  बताए । उनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने गरि बजेटका सुधार गर्नुपर्ने बताए । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  २ : २२ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र