राप्रपा नागरिकता विधेयकको विपक्षमा छ भन्ने प्रचार भयो : अध्यक्ष लिङ्देन « Khabarhub

राप्रपा नागरिकता विधेयकको विपक्षमा छ भन्ने प्रचार भयो : अध्यक्ष लिङ्देन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नागरिकता विधेयकको विरोधमा रहेको प्रचार भएको भन्दै त्यो आफूहरूको विरोध प्रक्रिया मात्रै रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा कुनै दुबिधा र फरक मत नभएपनि जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरूलाई छानविन र कारबाही हुनुपर्छ भन्नेमा दृढ रहेको बताए । 

लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने जिकिर गरे । उनले करको दायरा बढाउने क्रममा अन्धाधुन्ध निर्णय गरेको र यसले दुष्प्रभाव पर्न सक्ने बताए ।

उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न  गर्नुपर्ने  बताए । उनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने गरि बजेटका सुधार गर्नुपर्ने बताए । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  २ : २२ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा