क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन « Khabarhub

क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरूले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।

उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।

कांग्रेसले पनि यसको आलोचना गरेको छ । इन्दिरा गान्धीको हत्यालाई क्यानडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ । विदेशमन्त्री एस जयशंकरले पनि क्यानडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए।

कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दै भने, ‘यो पक्ष लिने कुरा होइन तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो।’
कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ४ : ०९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै