साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा « Khabarhub

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो ।

मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुँदैछ ।

नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा पहिलो पटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउनेछन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । 

नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।

नेपाली टिम

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः नविन लामा, मणिकुमार लामा,पुजन उपरकोटी, एरिक बिष्ट, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्डः विमल घर्तीमगर, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ४ : ५९ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र