ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता « Khabarhub

ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ट्युनिस– चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर  बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार  जनाएको छ । 

‘हिजो  साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद  भएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ।
‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा  स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ ।

ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा  थुप्रै विमानहरू गुमाएको छ। सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो।

उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक  गरिएको छैन।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ५ : ३४ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको